काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ-साफले पहिलो पटक हुन लागेको साफ महिला क्लब च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।
दक्षिण एसियाका पााच देशका क्लब सहभागि रहने यो प्रतियोगिता डिसेम्बर ५ देखि काठमाडौंको दशरथ रंगशालामा सुरू हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुने छ ।
सोही दिन नेपालको विभागिय टोली नेपाल एपीएफ क्लबले बंगलादेशको नस्रिन स्पोट्र्स एकेडेमीको सामना गर्नेछ । प्रतियोगितामा एपीएफसहित बंगलादेशको नस्रिन र भुटानको ट्रान्सपोर्ट युनाइटेड तथा भारतको ईस्ट बंगाल एफसी र पाकिस्तानको कराँची फुटबल क्लब सहभागि हुने छन् ।
राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबीच डिसेम्बर २० मा फाइनल खेल हुनेछ ।