निर्वाचनका लागि आवश्यक श्रोत, साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध

आश्विन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनका लागि आवश्यक श्रोत, साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि निर्वाचन आयोगले निर्वाचन समयमै गराउने कुरामा थप इटा थपेको बताएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा निर्वाचन आयोगका निर्वाचन आयुक्त र प्रधानमन्त्री कार्कीबीच छलफल भएको हो । अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसँगको छलफलमा निर्वाचनका लागि आवश्यक पर्ने जनशक्ति, श्रोत, साधन, आकलन गरिरहेको र त्यसको एउटा प्रक्षेपण गरेर श्रोत साधनको लागि सरकारसँग आयोगको तर्फबाट अवगत गराइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो ।

उहाँले सरकारको तर्फबाट आयोगलाई सबै श्रोत, साधन उपलब्ध गराउने प्रतिबद्धता भएको बताउनु भयो । आगामी दिनमा निर्वाचनसँग सम्बन्धित सरोकारवालाहरूसँगको छलफल, समन्वय, सहकार्यलाई थप सघन बनाउने, हरेक नागरिकलाई निर्वाचन अभियानसँग जोड्ने गरी अघि बढ्ने समझदारी भएको उहाँले बताउनु भयो ।

उहाँले सरकार र निर्वाचन आयोगको तर्फबाट राजनीतिक दलहरूसँग छलफल अघि बढाइने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.