काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले इरानसँग पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
यसअघि भारतसँग मात्र खेल्ने तालिका रहे पनि अखिल नेपाल फुटबल संघ-एन्फाले मंगलबार सामाजिक सञ्जालमार्फत् भारतमा नेपालले घरेलु टोली र इरानसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न लागेको जनाएको हो ।
एन्फाका अनुसार फिफा विन्डोमा हुने इरानविरूद्धको मैत्रीपूर्ण खेल कार्तिक ८ मा भारतको सिलोङमा हुनेछ भने कार्तिक ११ गते सिलोङमै घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्नेछ । नवनियुक्त मुख्य प्रशिक्षक नविन न्यौपानेले भारत भ्रमणका दौरान पहिलो पटक राष्ट्रिय महिला फुटबल टिमको जिम्मेवारी सम्हाल्ने छन् ।
न्यौपानेले फिफा प्रो लाइसेन्स प्राप्त वेल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्डलाई प्रतिस्थापन गरेका थिए ।