वार्मअप म्याचमा नेपालसँग ओमान ६ विकेटले पराजित

आश्विन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
वार्मअप म्याचमा नेपालसँग ओमान ६ विकेटले पराजित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले वार्मअप म्याचमा ओमानलाई ६ विकेटले पराजित गरेको छ । आसिफ शेखले अर्धशतक प्रहार गरे ।

मस्कटस्थित अल अमेरतमा गएराति भएको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लियो । घरेलु टिम ओमानले २० ओभरमा नौ विकेट गुमाएर १ सय १० रनको सामान्य योगफल बनाएको थियो । सोमपाल कामीले पहिलो ओभरमा नै नेपाललाई सफलता दिलाएका थिए । ओमानका लागि आर्यन बिस्टले सर्वाधिक २३ र नदिम खानले १२ रन बनाएका थिए । दिपेन्द्र सिंह ऐरीले तीन र संदिप लामिछानेले दुई विकेट लिए । जवाफमा नेपालले १७ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । 

कुशल भुर्तेल र आसिफले २८ रनको ओपनिङ साझेदारी गरे । कुशल ११ रनमा आउट भए । त्यसपछि आसिफ र कप्तान रोहित पौडेलले इनिङस सम्हाले । आसिफले ४७ बलमा ६१ रनको योगदान गरे । रोहितले २५ रन जोडे । संदिप जोरा एक रनमा रन आउट हुन पुगे । कुशल मल्ल दश रनमा अविजित रहे । आमिर कलिमले दुई र फैजल साहले एक विकेट लिए । नेपालले अब भोलि कुबेतसँग वार्म अप म्याच खेल्नेछ । विश्वकप छनोट बुधबारबाट सुरु हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.