चितवन । मनसुनको जोखिम कायम रहेको भन्दै चितवनका सडक आइतबार साझ ६ बजेदेखि बन्द हुने भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले आइतबार एक सूचना जारी गर्दै चितवन आउने सवारी साधन साझ ६ बजे भित्रमा आइसक्नु पर्ने र चितवनबाट बाहिरिने सवारी पनि ६ बजे भित्र नै बाहिरी सक्नु पर्ने जनाएको छ । त्यसपछिका सवारी साधनहरूलाई चितवनमै सुरक्षित ठाउँमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयाे ।
साझको समयमा नारायणघाट-मुग्लिन सडक खण्ड र मुग्लिन-मलेखु सडक खण्ड बढी जोखिममा रहेको छ।