काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार एवं शहरी विकासमन्त्री कुलमान घिसिङले बाढी, पहिरो र डुबानका कारण अवरूद्ध विद्युत आजैबाट सुचारू हुने बताउनुभएको छ ।
केही ठाउँमा विद्युत पोल बगाएको, केही ठाउँमा डुबानका कारण अवरुद्ध विद्युत आजै बेलुकासम्म सुचारू गराउने गरी काम भइरहेको उहाँको भनाइ थियो । आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री घिसिङले लोडसेडिङ हुनुपर्ने कुनैपनि अवस्था नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले पर्याप्त विद्युत जगेडा भएकाले नेपालमा लोडसेडिङ हुनुपर्ने कारण नरहेको बताउनु भयो ।
मन्त्री घिसिङले विद्युतको वितरण प्रणालीमा देखिएको समस्या पनि आजै समाधान हुने बताउनु भयो ।