काठमाडाैं । नेपाल हङकङमा हुने हङकङ सिक्सेस क्रिकेट प्रतियोगिता २०२५ को पोल 'ए'मा परेको छ । यस पोलमा नेपालसँगै दक्षिण अफ्रिका र अफगानिस्तान सामेल छन् ।
प्रतियोगिता नोभेम्बर ७ देखि ९ सम्म टिन क्वोङ रोड रिक्रिएसन ग्राउन्डमा आयोजना हुनेछ । सहभागि १२ टोलीलाई चार समूहमा विभाजन हुनेछ । पोल 'बी'मा अस्ट्रेलिया, इङ्ग्ल्यान्ड र यूएई छन् । पोल 'सी'मा भारत, पाकिस्तान र कुवेत तथा पोल 'डी'मा श्रीलङ्का, बंगलादेश र हङकङ सामेल छन् ।
नेपालले पहिलो पटक गत वर्ष यस प्रतियोगितामा सहभागिता जनाएको थियो । यो नेपालको दास्रो सहभागिता हो । ३३ वर्षको लामो इतिहास बोकेको यो प्रतियोगिता अनौठो ढाँचा र रोमाञ्चक शैलीका कारण विश्वभर चर्चित छ । हरेक खेल छ ओभरको हुनेछ र तीन दिनमा जम्मा २९ खेल खेलिनेछन् । समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।