यूएफा च्याम्पियन्स लिगमा आज राति ९ खेल हुँदै

आश्विन १४, २०८२ |खेल ब्युरो
यूएफा च्याम्पियन्स लिगमा आज राति ९ खेल हुँदै

काठमाडाैं । यूएफा च्याम्पियन्स लिगमा मंगलबार राति ९ खेल हुँदैछन् । 

साढे १० बजे मड्रिड डर्बीमा एट्लेटिकोसँग ठूलो हार खेपेको रियाल मड्रिडले काजाकस्तानको काइराटविरूद्ध प्रतिस्पर्धा गर्दैछ । नयाँ सिजनको च्याम्पियन्सस लिगमा मार्सेलाई हराएर विजयी सुरूवात गरेको रियाल पछिल्लो लिग खेलमा ५-२ को हारपछि काजाकस्तान भ्रमणमा निस्केको हो ।

काइराट भने पहिलो पटक प्रतियोगिताको मुख्य चरण पुगेको टोली हो । छनोट चरणमा सानदार प्रदर्शन गरे पनि काजाकस्तानको टोलीले हारसहित प्रतियोगिताको सुरूवात गरेको थियो । राति पौने १ बजे स्ट्याम्फोर्ड ब्रिजमा बेनफिकाले चेल्सीविरूद्ध प्रतिस्पर्धा गर्दै छ । 

बायर्न म्युनिखसँग ३-१ को हारसहित खराब सुरूवात गरेको चेल्सीले पछिल्ला तीन खेलमा लगातार हार व्यहोरेको छ । चोट र लयको समस्याका बीच एन्जो मारेस्काको टोलीले घरेलु मैदानमा जित निकाल्ने लक्ष्य राखेको छ । बेनफिकाले पहिलो खेलमा कराबागसँग ३-२ को अप्रत्याशित हार खेप्दै प्रशिक्षक ब्रुनो लागेलाई बिदाइ गरेको थियो । 

मोरिन्होको आगमनसँगै लिगमा सुधार देखिएको भए पनि इंग्लिस टोलीविरूद्ध बेनफिकाको रेकर्ड कमजोर छ। यसै समय इस्तानबुलको गालातासारायले लिभरपुललाई स्वागत गर्ने छ । आर्सनलसँग लिगमा नाटकीय हारपछि अर्ने स्लटको टोली शीर्ष स्थानमा दबाबमा छ । 

पहिलो खेलमा एट्लेटिकोविरूद्ध ड्रबाट जोगिएको लिभरपुलले अब अवे खेलको कमजोर रेकर्ड सुधार्नु पर्ने छ । गालातासाराय भने घरेलु मैदानमा बलियो टोली मानिन्छ । यद्यपि सुरूवाती खेलमा फ्रान्कफर्टसँग ५-१ को ठूलो हार खेपिसकेका कारण दबाबमा हुने छ ।