काठमाडौं । साविक विजेता आरिना साबालेन्का प्रतिस्पर्धानै नगरी युएस ओपन टेनिसको सेमीफाइनल प्रवेश गरेकी छन् ।
उनको क्वार्टरफाइनल प्रतिद्धन्दी मार्केटा भन्डरसोभाले घुँडाको चोटका कारण विथड्र गरेपछि बेलारुसीयन साबालेन्काले अन्तिम चारमा स्थान बनाएकी हुन् ।
न्युयोर्कमा साबालेन्का बिना बरियताकी चेकिया खेलाडी भन्डरसोभासँग खेल्ने तयारीमा थिइन् । तर सन २०२३ की विम्बल्डन विजेता भन्डारसोभाले खेल सुरू हुनु दुई घन्टा अघि खेलबाट नाम फिर्ता लिएको जानकारी दिएकी थिइन् ।
उनको करियरलाई बारम्बारको चोटले असर गरिरहेको छ । अब साबालेन्काले फाइनलमा पुग्न जेसिका पगुलासँग प्रतिस्पर्धा गर्नेछिन् । यो गत वर्षको फाइनलको रिम्याच हुनेछ ।
विश्व नम्बर चार पगुलाले क्वार्टरफाइनलमा बारबोरा क्रिचीकोभालाई सोझो सेटमा हराएकी हुन् । घरेलु खेलाडी पगुलाले, क्रिचीकोभालाई ६-३, ६-३ को सेटमा हराएकी हुन् ।
पगुला सामु सबालेन्काविरूद्ध अघिल्लो सिजनको फाइनलमा बेहोरेको सोझो सेटको हारको बदला लिने अवसर छ । साबालेन्का पछिल्लो ३५ वर्षमा एकै सिजन चार ग्रान्डस्लामको सेमीफाइनल पुग्ने केवल पाँचौ महिला खेलाडी हुन् ।
हेड टु हेडमा पनि साबालेन्का पगुला भन्दा अघि छन् । नौ भेटमा ७ मा साबालेन्का सात र पगुला दुई खेलमा विजयी भएकी छन् । जसमा पछिल्ला तीन खेलमा साबालेन्काले प्राप्त गरेको लगातारको जित पनि समावेश छ । र, यी सबै जीत नर्थ अमेरिकन हार्ड कोर्टमा सम्भव भएको हो ।