काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले, गोलकिपर डोनारूम्मालाई अनुबन्धन गरेको छ ।
सिटीले एडरसनलाई टर्किस क्लब फेनबाचीलाई बेच्दै डोनारूम्मालाई फ्रेन्च क्लब वान पेरिस सेन्ट जर्मेन पिएसजीबाट ल्याएको हो ।
सिटीले, डोनारूम्माका लागि कति खर्च गर्यो भन्नेबारे खुलाएको छैन । तर ब्रिटिस मिडियाका अनुसार सिटीले ३० मिलियन पाउन्ड तिरेको हो । उनले २५ नम्बरको जर्सी लगाउनेछन् ।
सिटीले एडरसनलाई १२ मिलियन पाउन्डमा बेचेको छ । २६ वर्षीय डोनारुम्मा सन् २०२१ मा एसी मिलानबाट पीएसजी गएका थिए । उनी सम्मिलित पीएसजीले गत सिजन पहिलो पटक युएफा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
लिग वानसहित दुई घरेलु उपाधि पनि जित्यो । तर ट्रिबल गरेको वर्ष डोनारुम्मा क्लबलाई प्रभावित पार्न भने असफल रहे । प्रशिक्षक लुइस इनरिकेले यूएफा सुपर कपको स्क्वाडबाट बाहिर राखेपछि डोनारूम्माले चित्त दुखाएका थिए ।
सिटीले, यो समरमा साइन गरेका डोनारूम्मा सातौं खेलाडी हुन् । उनी र क्लबबीच पाँच वर्षको सम्झौता भएको छ । जारी सिजन सिटीले प्रिमियर लिगमा खराब सुरुवात गरेको छ ।
तीन खेल खेल्दा उसको मात्र तीन अंक छ । अन्तर्राष्ट्रिय ब्रेकमा जानु अघि भएको खेलमा ब्राइटनले सिटी माथि २-१ गोलको पुनरागमन जित हात पारेको थियो । यस्तै सिटीका इल्काइ गुन्डवान , टर्किस क्लब गालातासारेमा आवद्ध भएका छन् ।