काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोट खेलहरू बुधबार सुरू हुँदैछन् ।
समूह 'के' मा रहेको नेपालले आजै घरेलु टिम ताजकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । डुसानबेस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरू हुनेछ ।
आयुष घलानको कप्तानीमा रहेको नेपाल, बलियो प्रतिन्द्वन्द्वी ताजकिस्तानविरूद्ध जित हात पार्दै प्रतियोगिताको सुखद सुरूआत गर्ने लक्ष्यमा छ । नविन न्यौपानेले प्रशिक्षण दिइरहेको टिमले दुई दिन खेल हुने रंगशालामा फ्लडलाइटमा अभ्यास गरेको थियो ।
नेपाल अहिलेसम्म फाइनल चरणका लागि छनोट हुन सकेको छैन । नेपाल रहेको समूहमा ताजकिस्तानसंँगै सिरिया र फिलिपिन्स पनि छन् । नेपालले भदौ २१ गते सिरिया र २४ गते फिलिपिन्सको सामना गर्ने छ ।
४४ टिमलाई एघार समूहमा विभाजन गरिएको छ । एघार समूह विजेता र उत्कृष्ट तेस्रो हुने चार टिमले सन् २०२६ को जनवरीमा साउदी अरेबियामा हुने प्रतियोगितामा स्थान बनाउनेछन् ।
२०१३ मा यो प्रतियोगिताको सुरुवात भएयता अहिलेसम्म पाँच टिम इराक, जापान, उज्वेकिस्तान, दक्षिण कोरिया र साउदीले गरी पाँच टिमले उपाधि जितेका छन् ।