एन्फा यू-१६ लिग : मछिन्द्र फुटबल क्लबकाे जित

भाद्र १०, २०८२ |खेल ब्युरो
एन्फा यू-१६ लिग : मछिन्द्र फुटबल क्लबकाे जित

काठमाडौं । एन्फा यू-१६ लिगअन्तर्गत मंगलबारको पहिलो खेलमा मछिन्द्र फुटबल क्लबले प्लानिङ बोईज युलाईटेडलाई हराएको छ। 

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले प्लानिङ बोईजलाई १०-० को फराकिलो अन्तरले पराजित गरेको हो । खेलको दशौँ मिनेटमा करणको गोलमार्फत मछिन्द्रले अग्रता लिएको थियो । 

गोविन्द विकेले खेलको ४९, ५६ र ६३औं मिनेटमा गोल गर्दै हृयाटि्रक पूरा गरे । उनले खेलको १४ मिनेटबीच ह्याट्रिक पुरा गरेका हुन्। विकास थापाले ६६औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरेका थिए । 

त्यसको पाँच मिनेटपछिनै साइरस डंगोलले गोल गर्दा मछिन्द्रको अग्रता ६-० मा पुगेको थियो । विकासले ७४औं मिनेटमा व्यक्गित दोस्रो तथा टोलीका लागि सातौं गोल गरे । 

सुमनले बम ठकुरीले ७९ र ८९औं मिनेट तथा इन्जुरी समयमा गोल गर्दै हृयाटि्रक पूरा गरेपछि मछिन्द्रले १०-० को एकतर्फी जित निकालेको हो। जितसँगै १५ खेलमा ३० अंक जोडेको मछिन्द्र तेस्रो स्थानमा उक्लिएको छ । 

पराजित प्लानिङ ब्वाईज समान खेलबाट १० अंकका साथ १२औं स्थानमा छ । आजको दोश्रो खेलमा न्युरोड टिम र संकटा फुटबल क्लबले गोलरहित बराबरी खेलेका छन् । 

यो बराबरीसँग एनआरटीको १५ खेलमा १५ अंक छ भने संकटाको १५ खेलमा ३० अंक भएको छ । तेस्रो खेलमा चर्च ब्वाईज युनाईटेडले एपीएफलाई १-०ले हराएको छ । यो खेलसँगै चर्चको २८ र एपीएफको २६ अंक छ ।