सिन्धुपाल्चोकमा बोलेरो जिप जीप नदीमा खस्दा २ जना बेपत्ता, खोजी कार्य जारी

भाद्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सिन्धुपाल्चोकमा बोलेरो जिप जीप नदीमा खस्दा २ जना बेपत्ता, खोजी कार्य जारी

सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ हिन्दीमा जीप नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् ।

तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा २१ च ७५४४ नम्बरको बोलेरो जिप भोटेकोशीमा खस्दा सर्लाही बरथहवा नगरपालिका-२ का चालक राजेशकुमार कुसवाह र रौतहट बौधिमाई नगरपालिका-१ का सहचालक राम प्रवेश महतो बेपत्ता भएको प्रहरीले जनाएको छ ।

नदीमा खसेको एक्स्काभेटरको सहायताले जिप निकालिएको छ । प्रहरीचौकी हिन्दी र इलाका प्रहरी कार्यालय बाह्रबीसे, सशस्त्र प्रहरी बल र नेपाल आर्मी र तीनै निकायका सुरक्षाकर्मीले बेपत्ताको खोजी गरिरहेका छन् । 

रात परेकाले भोलि बिहानैदेखि खोजी कार्य गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलले जानकारी दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.