एन्फा यू-१६ लिग : श्री भगवति क्लबकाे जित

भाद्र ९, २०८२ |खेल ब्युरो
एन्फा यू-१६ लिग : श्री भगवति क्लबकाे जित

काठमाडौं । एन्फा यू-१६ लिगअन्तर्गत साेमबारको पहिलो खेलमा श्री भगवति क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ। सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा भगवतिले २-१ को जित हाासिल गरेको हो।

खेलको दोस्रो मिनेटमा नै भगवतिका लागि निशान्त थनेतले अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि परेको अवस्थाबाट हिमालयन शेर्पाले खेलको ६९ औं मिनेटमा गोल फर्काएको थियो। यससँगै खेल १-१को बराबरीमा पुगेको हो। ८३औं मिनेटमा अनिल परियारले गोल गरेर भगवतिलाई जित दिलाएका हुन्।

त्यसैगरी आजको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लबले सातदोबाटो युवा क्लबलाई ६-२ ले हराएको हो। मनाङका लागि खेलको आठ सेकेन्टमा नै प्रकाश सिंहले गोल गरेका थिए। 

रवाफिलो सुरूआत गरेको मनाङका लागि प्रकाश सिंहले ८ र १४औं मिनेटमा गोल गरेर हृयाटि्रक पुरा गरेका थिए। त्यसपछि उनले खेलको ३६ र ४२औं मिनेटमा पनि गोल गरे। 

पहिलो हाफमा मनाङले पाँच गोल गर्दा सबै गोल प्रकाशले गरेका थिए। यता सातदोबाटोका लागि सुनिल विश्वकर्मा र युवराज भट्टराईले गोल गरेपछि ५-२ भएको थियो। 

दोस्रो हाफमा दोस्रो हाफमा मनाङको लागि साकिन कुँवरले गोल थपेका थिए। ५५औं मिनेटमा धरविन्द्र बोहराले रोतो कार्ड पाएपछि मनाङ १० खेलाडीमा समेटियो। त्यसपछि गोलको शृंखला समाप्त भएको हो।

आजको तेस्रो खेलमा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ।