एसियन च्याम्पियन्स लिगको प्रिलिमिनरी चरणमा एपीएफ आज नासाफविरूद्ध भिड्दै

भाद्र ९, २०८२ |खेल ब्युरो
एसियन च्याम्पियन्स लिगको प्रिलिमिनरी चरणमा एपीएफ आज नासाफविरूद्ध भिड्दै

काठमाडौं । नेपालको विभागीय टोली तथा महिला लिग विजेता टिम एपीएफले एसियन च्याम्पियन्स लिगको प्रिलिमिनरी चरणमा साेमबार नासाफविरूद्ध खेल्दैछ। एपीएफ र नासाफबीचको खेल राति सवा नौ बजे सुरू हुनेछ।

नेपाली राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको एपीएफमा एन्जिला र अन्जना दुई जना स्टार गोलकिपर रहेका छन्। तर प्रिति राई र सविता राना मगरको अभाव या टिमलाई खड्किनेछ। 

यद्यपि शारीरिक रूपमा बलिया सविता राना मगर, निशा थोकरजस्ता खेलाडी टिमको मेरूदण्ड हुनेछन्। अनुभवी खेलाडी तथा नेपाली राष्ट्रिय टिमकी पूर्वकप्तान रेणुका नगरकोटे एपीएफको इन्जिन हुन्। उनी गोलका अवसर सिर्जना गर्ने सवालमा सबैन्दा भरपर्दो खेलाडी हुन्।

गत वर्ष पनि नेपालले प्रिलिमिनरी चरणमा नासाफसँग खेलेको थियो। सो खेलमा एपीएफ १-०ले पराजित भएको थियो। नेपाली विभागीय डर्बी आजको खेलमा सोही खेलको बदला लिने योजनामा हुनेछ। 

नासाफ उज्वेकिस्तानको घरेलु लिग च्याम्पियन टोली भने हो एपीएफ एन्फा महिला लिगको विजेता हो। घरेलु लिगको विजेताले च्यापियन्स लिगको प्रिलिमिनरी चरण खेल्न पाउनेछन्।

गत वर्ष नेपाल दुई खेलमा पराजित भएको थियो। नासाफ समूह उपविजेता बने पनि च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो। यो वर्ष दुवै टिम छनोटको लक्ष्यमा छन्। समूहमा यसबाहेक अल नासर महिला टिम र कलेज अफ एसियन स्कलर पनि रहेको छ।