स्ट्याग ग्लोबल च्याम्पियन्स लिग: एभीएम र स्ट्याग च्याम्पियन्स संयुक्त रूपमा शीर्ष स्थानमा

भाद्र २, २०८२ |खेल ब्युरो
स्ट्याग ग्लोबल च्याम्पियन्स लिग: एभीएम र स्ट्याग च्याम्पियन्स संयुक्त रूपमा शीर्ष स्थानमा

काठमाडौं । एभीएम टेबलटेनिस क्लब र स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी तेस्रो सिजनको स्ट्याग ग्लोबल च्याम्पियन्स लिगमा दोश्रो दिन सोमबार संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।

दोश्रो चरणको खेल सकिँदा दुवैले समान १८-१८ अंक जोडेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगितामा टप स्पिन टेबलटेनिस गुड्स नेपाल र द ड्रागन्स टेबटेनिस क्लबले समान १७-१७ अंक जोडेका छन् । 

कीर्तिपुर नगरपालिका र खोल्चा पुखु खेलकुद समितिको समान १६-१६ अंक छ । होप्स टेबलटेनिस एकेडेमीले १३ अंक जोडेको छ भने भोर्टेक्स नेपाल टेबलटेनिस क्लब र ओल्ड रेस्ट्रोको समान १२-१२ अंक छ । 

यलः टेबलटेनिसले ११ अंक बटुल्यो । आइतबार सुरू भएको प्रतियोगिता भदौ ६ गतेसम्म चल्नेछ। प्रतियोगितामा १० टोलिको सहभागिता रहेको छ।