पाल्पाको तानेसनमा आयोजित भगवतीकपमा जिल्ला भलिबल संघ पाल्पा बिजयी

भाद्र ३, २०८२ |माधव अर्याल
पाल्पाको तानेसनमा आयोजित भगवतीकपमा जिल्ला भलिबल संघ पाल्पा बिजयी

पाल्पा/ पाल्पाको तानेसनमा आयोजित दोश्रो रणउजिरेश्वरी भगवतीकपको उपाधी जिल्ला भलिबल संघ पाल्पाले हात पारेको छ ।

पाल्पाको श्रीनगर भलिबल क्लबले आयोजना गरेको भगवती कप प्रतियोगितामा जिल्ला भलिबल संघ पाल्पाले फरइभर जापान जोकियो भलिबल क्लबलाई ३-२ सेटले पराजित गर्दै उपाधि चुमेको हो । पहिलो भएसँगै जिल्ला भलिबल संघ पाल्पाले नगद एक लाख ७५ हजार, ट्रफी, प्रमाणपत्र प्राप्त गरेका छन् । उपबिजेता फरइभर जापान जोकियो भलिबल क्लबले नगद १ लाख २५ हजार ट्रफी र प्रमाणपत्र पाएको छ । 

प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जिएम समाज नवलपुरलाई ३-१ ले पछि पार्दै तेस्रो भएको छ । तेस्रो भएसंगै ६० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना भएको नवलपुरले ३० हजार नगद ट्रफी र प्रमाणपत्र पाएको छ । 

यसैगरि महिलातर्फ निस्दी भलिबल क्लबलाई ३-० को सेटमा पछि पार्दै चण्डेश्वरी युवा क्लब रिब्दीकोट-६, ठिमुरे पहिलो भएको छ । प्रथम हुने चण्डेश्वरीले ३० हजार नगद, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । दोस्रो भएको निस्दीले नगद २० हजारसहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।