तीस ब्रान्डका सवारीसाधनसहितको ‘नाडा अटो शो’ काठमाडौंमा सुरू

भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
तीस ब्रान्डका सवारीसाधनसहितको ‘नाडा अटो शो’ काठमाडौंमा सुरू

काठमाडौं । नेपाल अटोमोबाइल एन्ड डिटि्रब्यूटर्स एसोसिएसनले काठमाडौंमा ‘नाडा अटो शो’ सुरू गरेको छ । भृकुटीमण्डपमा सुरू भएको ‘नाडा अटो शो’मा ३० भन्दा बढी ब्रान्डका सवारी साधन राखिएको छ ।

कुल बिक्रीको ४० प्रतिशत सवारी साधन ‘नाडा अटो शो’मा बुकिङ हुने गरेको व्यवसायी बताउँछन् । यो ‘नाडा अटो शो’ प्रदर्शनीका लागि भन्दा पनि व्यवसायका लागि गरिएको नेपाल अटोमोबाइल एन्ड डिट्रिब्यूटर्स एसोसिएसनका अध्यक्ष करण चौधरीले जानकारी दिनुभयो ।

अटो शोको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ढाडस दिँदै सरकारले नीतिगत स्थिरता गरेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो । 

अटो शोमा ३० भन्दा बढी सवारी साधनका ब्रान्ड राखिएका छन् । केही व्यवसायीले ‘नाडा अटो शो’लक्षित गरेर नयाँ गाडी लन्चसमेत गरेका छन् । बीवाईडीले अटो शोमा एटो टु लन्च गरेको छ । 

नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा एटो-टु सार्वजनिक गरेको हो । कम्पनीले गाडीको मूल्य ४३ लाख ९९ हजार रुपैयााँ तोकेको छ । त्यस्तै डोङफेङ नामीको नयाँ मोडल नामी जिरो सिक्स पनि लन्च भएको छ । 

उड्ने कार ल्याएको दिपलले पनि यो प्रदर्शनीलक्षित गर्दै नयाँ कारकोसमेत लन्च गरेको छ । अटो शोमा सवारी साधनसँगै टायर, लुब्रिकेन्ट्स जस्ता सवारी साधनसँग सम्बन्धित अन्य स्टल राखिएका छन् । नाडा अटो शो भदौ ८ गतेसम्म चल्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.