काठमाडौं । नेपालले अस्ट्रेलियामा जारी टप एन्ड टी-ट्वान्टी सिरिजमा लगातार तेस्रो हार बेहोरेको छ । साेमबार भएको खेलमा नेपाल मेलवर्न स्टार्स एकेडेमी सग ३१ रनले पराजित भएको हो । आरिफ शेखले अर्धशतक बनाएपनि जीतका लागि पर्याप्त भएन् ।
डार्विनमा मेलवर्नले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा सात विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । पहिलो ओभरमानै सोमाल कामीले ओपनर तथा कप्तान क्याम्बेल केलावे लाइ २ रनमा आउट गरेका थिए । तर दोस्रो विकेटका लागि भने नेपालले संघर्ष गर्यो ।
खराब फिल्डिङ गर्दा थोमस रोजर्स र ब्लेक मेक्डनल्डले शतकिय साझेदारी गरे । संदिप लामिछानेले यो साझेदारी तोडका हुन् । उनले ४७ बलमा ७४ रन बनाएका ब्लेकलाइ आउट गरे ।
लगत्तै लियाम ब्ल्याकर्फड पनि ९ रनमा संदिपकै बलमा आउट हुँदै मैदान बाहिरिए । जोनाथन मेर्लो ८ रनमा रन आउट भए । थोमस पनि ६५ रनमा संदिपकै बलमा पभेलियन फर्किएका थिए । संदिपले तीन, सोमपाल र साहब आलमले एक-एक विकेट लिए ।
जवाफमा नेपालले २० ओभरमा सात विकेट गुमाएर १ सय ४४ रन मात्र बनायो । नेपालले उत्कृष्ट सुरूवात गरेको थियो । कुशल भुर्तेल र आरिफ शेखले पहिलो विकेटका लागि २० बलमा ३० रनको साझेदारी गरे ।
भुर्तेल १३ बलमा २५ रन बनाएर आउट भए । लगत्तै भिम सार्की एक रनमा एल बि डब्लु भए । दुवैको विकेट चौथो ओभरमा डग वारेनले लिएका हुन् । रोहित पौडेल ३३ रनमा आउट भए । आरिफ ५३ रनमा रन आउट हुन पुगे । आजपनि दिपेन्द्र सिंह ऐरीको ब्याट चलेन । उनी केवल एक रनमा मैदान बाहिरिए ।
यसअघिका दुवै खेलमा नेपाल पराजित भएको थियो । मेलवर्न अपराजित छ । नेपालले भोली होबर्ट हुरिकेन्ससँग खेल्नेछ ।