काठमाडौं । ‘नाडा अटो शो’मा मंगलबार आकर्षणको केन्द्रमा रह्यो उड्ने कार । प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेलदेखि ‘नाडा अटो शो’ हेर्न पुगेका अधिकांशले उड्ने कारको उत्सुकतापूर्वक अवलोकन गरे ।
उड्ने कारलाई नेपालमा पहिलो-पटक ‘नाडा अटो शो’मा राखिएको छ । उड्ने कारसम्बन्धी नीतिगत व्यवस्था नभएकाले बिक्रीका लागि भने यो कार उपलब्ध छैन ।
‘नाडा अटो शो’ २०२५ को मुख्य आकर्षण दिपलको उड्ने कार भएको छ । एमएडब्लू समूहअन्तर्गतको एमएडब्लू वृद्धि अटो कर्प प्रालिले नेपालमा यो उड्ने कार ‘नाडा अटो शो’मा प्रदर्शनका लागि मात्रै ल्याएको हो ।
उड्ने कारसम्बन्धी कानुनी प्रावधान नहुँदा इलेक्ट्रोनिक भर्टिकल टेकअफ ल्यान्डिङ एयर ट्याक्सीलाई प्रदर्शनीमा मात्रै राखिएको हो । उडाएर ल्याउने कानुनी व्यवस्था नभएकाले तातोपानी नाकाबाट भित्र्याउादा सडक बिग्रेका ठाउामा कााधमा नै बोकाएर ल्याइएको हो ।
दिपलले विकास गरेको उड्ने कार सिधै उडाउन र ल्यान्ड गराउन सकिन्छ । यो कार पूर्णरुपमा विद्युतीय हो । बिक्रीका लागि नभई प्रदर्शनका लागि मात्रै राखेकाले यसको मूल्य कम्पनीले खुलाएको छैन । नेपालमा उड्ने कारसम्बन्धी नीतिगत व्यवस्था छैन । तर नीति निर्मातालाई घच्घच्याउनका यो कार ल्याएर प्रदर्शनमा राखिएको हो ।
दिपलको उड्ने कारको प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णु पौडेलले समेत अवलोकन गर्नुभधयो । चीनमा धेरै वटा कम्पनीले उड्ने कार बनाइरहेको भए पनि एमएडब्लू वृद्धि अटो कर्प प्रालिले भने दिपलकै उड्ने कार पहिलो पटक नेपालमा ल्याएर प्रदर्शनमा राखेको हो ।