काठमाडौं । आगामी दिनमा आयोजना हुने ओलम्पिक कार्यक्रमअन्तर्गतका विभिन्न खेलकुद प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न सरकारले ९ सदस्यीय नेपाल ओलम्पिक तदर्थ समिति गठन गरेको छ ।
नेपाल ओलम्पिक कमिटीको कार्यालयमा हिजो बसेको बैठकले २३ खेल सङ्घका अध्यक्ष, महासचिव तथा पदाधिकारीहरूको संयुक्त सहभागितामा तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।
तदर्थ समितिको अध्यक्षमा सांसद ध्रुवबहादुर प्रधानलाई चयन गरिएको छ । ओलम्पिक गतिविधिलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यका साथ समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक वर्षको कार्य विवरण सार्वजनिक कार्यकममा ओलम्पिक कमिटिको तदर्थ समिति गठन गर्ने बताउनु भएको थियो ।