राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुँदै, १० हजारभन्दा बढी विद्यार्थीको सहभागिता

श्रावण २२, २०८२ |खेल ब्युरो
राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुँदै, १० हजारभन्दा बढी विद्यार्थीको सहभागिता

काठमाडौं । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धाको नयाँ उचाइमा पुर्याउने उद्येश्यका साथ राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।

नेपाल विद्यालय खेल महासंघ, नेपालय इन्टरनेसनल र प्याब्सनको संयुक्त आयोजनामा राष्ट्रिय विद्यालय हाजिरी जवाफ प्रतियोगिता हुने भएको हो । प्रतियोगिता ३ चरणमा हुनेछ । 

जिल्ला र प्रदेश स्तरीय प्रतियोगिताबाट छानिएका विद्यार्थीबीच राष्ट्रिय स्तरमा काठमाडौंमा ग्रान्ड फिनाले हुनेछ । जिल्ला छनोट प्रतियोगिता भदौ २० गते हुनेछ भने प्रदेश छनोट कात्तिक १६ देखि २३ गते सम्म सञ्चालन हुनेछ । 

केन्द्रीय प्रतियोगिताको ग्रान्ड फिनाले मंसिर ५ देखि ७ गतेसम्म काठमाडौंमा हुनेछ । प्रतियोगितामा ७७ जिल्लाका ५ हजारभन्दा बढी विद्यालयका १० हजारभन्दा बढी विद्यार्थी सहभागी हुने अपेक्षा आयोजकको छ ।

प्रतियोगितामा सामुदायिक, गुठी र निजीलगायतका विद्यालयको समावेशी सहभागिता सुनिश्चित गरिने आयोजलले जनाएका छन् ।