काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बनेपछिको एक वर्षमा तीन दर्जन ऐन, कानूनहरू संशोधन भएको बताउनुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यसले देशमा सुशासन प्रवर्द्धन गर्न, सेवा प्रवाहलाई सरल बनाउन, लगानीमैत्री वातावरण वनाउन र वैदेशिक लगानी आकर्षित गर्न ठूलो काम गरेको बताउनु भयो ।
आर्थिक क्षेत्रमा उत्साहजनक नतिजाहरु ल्याएको प्रधानमन्त्रीको दाबी छ । यो कार्यकालमा आर्थिक वृद्धिदर ४.६ प्रतिशत पुगेको बताउनु भयो । अर्थतन्त्र पनि ४ खर्ब रुपैयाँले विस्तार भएको उहाँले बताउनु भयो ।
गतवर्षको आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र रहेको उहाँले बताउनु भयो । सरकारको कार्यकालको पहिलो ११ महिनामा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेको उहाँले बताउनु भयो ।
प्रधानमन्त्री ओलीले पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको र जनसङ्ख्याको करिब ४८ प्रतिशत बीमाको दायरामा आएको बताउनु भयो ।