काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोगसम्बन्धी छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उहाँले यस्तो माग राख्नुभएको हो । उहाँले अहिले पनि भिजिट भिसामा विदेश पठाउने प्रक्रियामा अवैध असुली धन्दा चलिरहेको आरोप लगाउनु भयो ।
सांसद सिंहले पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ वा सुशिला कार्कीमध्ये एक जनाको अध्यक्षतामा छानबिन समिति गठन गर्न माग गर्नुभयो । भिजिट भिसा प्रकरणबारे छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीका सांसदहरूले भत्ता नलिई संसद बैठक बहिष्कार गर्ने उहाँको भनाइ छ ।