एन्फाद्वारा 'ग्रासरुट्स कार्यक्रम' सुरू

श्रावण २७, २०८२ |खेल ब्युरो
एन्फाद्वारा 'ग्रासरुट्स कार्यक्रम' सुरू

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले बाल फुटबलको विकास र बालबालिकाको संरक्षण सुनिश्चित गर्ने उद्देश्यसहित 'ग्रासरुट्स कार्यक्रम' सुरू गरेको छ ।

'ग्रासरुट्स कार्यक्रमका लागि एन्फाले तेर दे होम्स टिडिएच र चाइल्ड नेपालसँग सम्झौता गर्दै कार्यक्रमको औपचारिक सुरूवात गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित समारोहमा कार्यक्रमको लोगो पनि सार्वजनिक गरियो । सम्झौतापत्रमा एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, टिडिएचका सेफगार्डिङ संयोजक कमल लामा र चाइल्ड नेपालका कार्यकारी निर्देशक मनोज डंगोलले हस्ताक्षर गरे ।

ग्रासरुट्स कार्यक्रमले देशभरका युवा फुटबल प्रतिभा पहिचान गर्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको एन्फाले जनाएको छ ।