काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कैदीबन्दीहरुले पाउने सुविधानबाट वञ्चित नगरिएको बताउनुभएको छ ।
प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार आयोगको बुधबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रुपन्देही कारागारमा रहनुभएका लामिछानेलाई मानवोचित र सबै कैदीहरुले बन्दीहरुले पाइरहेको सुविधा दिइएको स्पष्ट पार्नुभयो ।
लामिछानेलाई छुटै कोठामा राखिएको र कारागारको प्रशासनले केही समस्या छ की भनेर सोध्ने गरेको पनि उहाँले बताउनु भयो । विशेष सुविधा दिइएको भन्नेकुरा नभएको उहाँले स्पष्ट पार्नुभयो ।
कैदीबन्दीलाई एक कारागारबाट अर्को कारागारमा सार्ने काम सहमतिअनुसार सरकारले गर्ने भएको उहाँले बताउनु भयो । कुन कारागारमा सार्ने भन्नेबारेमा सुरक्षालाई मध्यनजर गरेर अघि बढाइरहेको उहाँले बताउनु भयो ।