फागुन २१ मा हुने चुनावका लागि तिहारअघि नै राजनीतिक दलहरूसँग छलफल हुन्छ : निर्वाचन आयोग

आश्विन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
फागुन २१ मा हुने चुनावका लागि तिहारअघि नै राजनीतिक दलहरूसँग छलफल हुन्छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि तिहारअघि नै राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिपरिषद्का सदस्यहरूसँग मंगलबार भएको छलफलमा आयोगले निर्वाचनको वातावरण बनाउन तिहारअगाडि नै राजनीतिक दलहरूसँग छलफल गर्ने जानकारी दिएको हो । छलफलमा आयोगले निर्वाचनमा नागरिकको अधिकतम सहभागिता सुनिश्चित गर्न र निर्वाचनको वातावरण बनाउनसमेत सरकारलाई आग्रह गरेको थियो ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा आयोग अधिकारीहरूले अहिलेसम्म भएका गतिविधिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए । आयोगले सरकारले राजनीतिक वातावरण निर्माणदेखि सामग्री व्यवस्थापनसम्मको पाटोमा प्रतिबद्धता जनाएको जानकारी दिएको छ ।

निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको आयोगले तयारीका विषयमा सरकारसाग छलफल गरेको हो । मंगलबार निर्वाचनका लागि आवश्यक सामग्री, बजेट, मतपेटिका, मौज्दात सामग्रीलगायतका विषयमा समेत छलफल भएको थियो । यसैगरी, धरान उपमहानगर प्रमुख हर्कराज राईले दल दर्ताका लागि दिएको निवेदनमा पनि कामकारवाही भइरहेको आयोगले जनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.