महिला युरो-२०२५ : पोर्चुगल र इटालीले बराबरी खेल्दै अंक बाढे

असार २४, २०८२ |खेल ब्युरो
महिला युरो-२०२५ : पोर्चुगल र इटालीले बराबरी खेल्दै अंक बाढे

काठमाडौं । महिला युरो-२०२५ अन्तर्गत समूह 'बी'को रोमाञ्चक खेलमा पोर्चुगल र इटालीले १-१ को बराबरी खेल्दै अंक बाढेका छन् ।

पोर्चुगलको लागि डिफेन्डर डायना गोम्सले खेलको अन्त्य तिर बराबरी गोल फर्काउँदै नकआउट चरण प्रवेश गर्ने सम्भावना जीवित राखिन् । बराबरीसँगै इटालीले नकआउट चरणमा प्रवेश गर्न स्पेनसँगको खेल कुर्नु पर्ने भएको छ ।

यस खेलपछि समूह 'बी'बाट विश्व च्याम्पियन स्पेन क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ भने बेल्जियम प्रतियोगिताबाट बाहिरिएको छ ।

इटलीका कप्तान क्रिस्टियाना जिरेलीले ७०औं मिनेटमा उत्कृष्ट कर्लिङ स्ट्राइकमार्फत टोलीलाई अग्रता दिलाएकी थिइन् । तर अन्तिम समयसम्म दबाब सिर्जना गरिरहेको पोर्चुगलले अन्तत गोम्सको गोलमार्फत खेल बराबरी गर्यो । उनले डोलोरेस सिल्भाको पासमा गोल गरेकी हुन् ।

खेलको अन्तिम मिनेटमा पोर्चुगलकी कप्तान आना बोर्जेस दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिइन् । इटलीले यो खेल जितेको भए नकआउट चरणमा पुग्ने थियो । तर बराबरीपछि अब उसलाई क्वार्टरफाइनलमा पुग्न स्पेनसँग कम्तिमा बराबरी खेल्नु पर्ने छ । 

अर्कोतर्फ, पोर्चुगललाई अघि बढ्न बेल्जियममाथि ठुलो अन्तरले जित निकाल्नुका साथै स्पेनले इटलीलाई हराउनु पर्नेछ ।