खेलकुद सम्मान तथा खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट १९ जना सम्मानित

असार १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
खेलकुद सम्मान तथा खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट १९ जना सम्मानित

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद सम्मान २०८२ तथा खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट १९ जनालाई सम्मान गरेको छ ।

मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद सम्मान २०८२ बाट खेलाडी, प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी ९ जनालाई जनही एक लाख नगद र कदर पत्रले सम्मान गरिएको हो ।

सम्मानित हुनेमा कबड्डीकी मानमती विष्ट र अनुजा कुलुङ राई, तेक्वान्दोका प्रेमबहादुर लिम्बु र वीरबहादुर महरा, फुटबलकी दिपा शाही, पारा तेक्वान्दोका भरतसिंह महता, पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा, खेल चिकित्सक राजु डंगोल महर्जन र खेल निर्णायक धनकुमार मैनाली छन् ।

यस्तै खेलकुद पत्रकारितामा उल्लेखनीय योगदान गरेवापत् श्रीलोचन राजोपाध्याय ५० हजार नगदसहित कदर पत्रले सम्मानित भएका  छन् । खेलकुद प्रोत्साहन पुरस्कारबाट कोशीबाट मुकुन्द घिमिरे, मधेसबाट शरदचन्द्र भट्टराई, बागमतीबाट विक्रमकुमार बानियाँ, गण्डकीबाट दिनानाथ बराल, लुम्बिनीबाट स्वस्तिक श्रेष्ठ, कर्णालीबाट दिनेशकुमार बुढा, सुदूरपश्चिमबाट दिनेशबहादु विष्ट र समावेशी महिलाबाट नमीता दाहाल र रुपा गहतराजलाई सम्मानित गरियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.