वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन आजदेखि अल इङल्यान्ड क्लबमा सुरु हुदैँ

कान्तिपुर म्याक्समा प्रत्यक्ष हेर्न सकिने
असार १६, २०८२ |खेल ब्युरो
 वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन आजदेखि अल इङल्यान्ड क्लबमा सुरु हुदैँ

एजेन्सी । वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डन आज बाट अल इङल्यान्ड क्लबमा सुरु हुदैछ । विम्बल्डन विश्व टेनिसको सवैभन्दा पुरानो र ग्रास कोर्टमा खेलिने एक मात्र प्रतियोगिता हो । पहिलो दिन आज महिला र पुरुष दुवै तर्फका उपाधी दावेदार खेलाडी कोर्टमा उत्रदैछन् । सेन्टर कोर्टमा पुरुष तर्फका साविक विजेता कार्लोस आल्कारेजले इटालियन फाबियो फोनिनी संग प्रतिस्पर्धा गर्नेछन् । 

स्पेनि आल्कारेज लगातार तेस्रो पटक उपाधी जित्ने लक्ष्यमा छन् । उनले यसअघि दुवै संस्करणको फाइनलमा नोभाक जोकोभिचलाई हराएका थिए । उनी फ्रेन्च ओपनमा विश्व नम्बर एक यानिक सिनर माथि पाँच सेटको पुनरागमन जीत हात पार्दै विम्बल्डनमा आएका हुन् । इटालियन सिनर उपाधीका अर्का दावेदार हुन् । सिनर, विम्बल्डनमा सेमीफाइनल भन्दा अघि जान सकेका छैनन् । 

यो पटक सर्वियन जोकोभिचलाइ रोजर फेडेरर संग उपाधी बराबरी गर्ने अवसर छ । विम्बल्डनको पुरुष तर्फ सवै भन्दा धेरै आठ पटक उपाधी जित्ने किर्तिमान फेडेररको नाममा छ । जोकोभिच किर्तिमानी २५ औ ग्रान्डस्लाम जित्न चाहन्छन् । जर्मनीका अलेक्जेन्डर ज्वेरेभ, रुसका ड्यानियल मेदभेदेभ, अमेरिकाका टेलर फ्रिट्जले कडा चुनौती दिन सक्नेछन् । महिला तर्फ बारबोरा क्रेचीकोभा साविक विजेता हुन् । विश्व नम्बर एक एरिना साबालेन्का , अमेरिकाकी कोको गौफ, पोल्यान्डकी इगा स्वान्तेक, घरेलु खेलाडी एम्मा राडुकानु यो पटक उपाधीका दावेदारका रुपमा हेरिएको छ । यस संस्करणमा ब्रिटेनका महिला र पुरुष गरी २३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 

जुन ४१ वर्ष यताकै धेरै सहभागिता हो । पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । यो वर्षको च्याम्पियनसिप्सको कुल पुरस्कार राशी ५३ दशमबल ५ मिलियन पाउन्ड छ । जुन अघिल्लो वर्षको भन्दा सात प्रतिशतले बढी हो । एकल तर्फका विजेताले तीन मिलियन पाउन्ड प्राप्त गर्नेछन् । पहिलो चरणमा आउट हुने खेलाडीले पनि ६६ हजार पुरस्कार सहित फर्कनेछन् । विम्बल्डन तपाइले प्रि म्याच एनालाइसिस सहित कान्तिपुर म्याक्समा प्रत्यक्ष हेर्न सक्नु हुनेछ । नेपाली टेलिभिजनमा ग्रान्डस्लाम प्रत्यक्ष प्रशारण हुन लागेको पहिलो पटक हो ।