पोखरा एभेन्जर्सद्वारा सात खेलाडी रिटेन

असार १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
पोखरा एभेन्जर्सद्वारा सात खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग, एनपीएल क्लब पोखरा एभेन्जर्सले दोस्रो सिजनका लागि सात जना खेलाडी रिटेन गरेको छ । 

पोखराले आइतबार सामाजिक सञ्जालमार्फत खेलाडी रिटेनबारे जानकारी दिएको हो । पोखराले रिटेन गरेका खेलाडीहरूमा मार्की कुशल भुर्तेलसहित दिनेश खरेल, सागर ढकाल, किरणकुमार ठगुन्ना, विपिन खत्री, आकाश चन्द र तृतराज दास रहेका छन् । 

पोखराले दिनेश खरेल, दिलिप नाथ, सुदीप अर्याल, अमृत गुरूङ र नारायण जोशीलाई भने यो सिजनमा निरन्तरता दिएको छैन् । अघिल्लो सिजनमा आशा गरेअनुसार प्रदर्शन गर्न नसकेको पोखरा तालिकामा पुछारबाट दोस्रो स्थानमा थियो । 

उसले सात खेलमा जम्मा ४ अंक जोडेको थियो । उसले लिगमा लुम्बिनी र विराटनगर किंग्सलाई हराएको थियो । लिगमा सहभागी सबै टिमले ६ खेलाडी रिटेन गर्न पाउँछन् । 

अब विराटनगर, कर्णाली याक्स र जनपुर बोल्ट्सले मात्रै रिटेन गरेका खेलाडी सार्वजनिक गर्न बाँकी छ । अहिलेसम्म सहभागी टिमले मार्कीसहित ६ खेलाडी रिटेन गर्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.