काठमाडौं । इंग्ल्यान्डविरूद्धको पहिलो टेस्टमा इन्डियाले सानदार सुरूआत गरेको छ। लिड्समा शुक्रबार सुरू भएको खेलमा इन्डियाले तीन विकेटको क्षतिमा तीन सय ५९ रन बनाएको छ।
इंग्ल्यान्डले टस जितेर इन्डियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। इन्डियन ओपनर यसस्वी जैसवालले निकै राम्रो इनिङ खेलेर एक सय एक रन बनाए। उनलाई ५२ ओभर तीन बलमा बेन स्टोक्सले आउट गराए।
यस्तै, के एल राहुलले पनि ४२ रनको योगदान गरे। ओपनर जोडीले नै खेलमा ९१ रनको पार्टनरसिप गरेका थिए। तर तेस्रो नम्बरका साई सुदर्शन भने शून्यमा आउट भए।
उनलाई स्टोक्सले नै स्मिथबाट क्याचआउट गराएका हुन्। टेस्टमा कप्तानीको जिम्मेवारी पाएका सुभ्मन गीलले जिम्मेवारी पूर्ण इनिङ्स खेलिरहेका छन्। पहिलो दिनको समाप्तिमा उनी एक सय ७५ बलमा १७ बाउन्ड्री लगाएर अविजत एक सय २७ रनका साथ क्रिटमा टिकिरहेका छन्।
यसैगरी, उनलाई रिषभ पन्तले ६५ रन बनाएर साथ दिइरहेका छन्। इंग्ल्यान्डको लागि ब्रेडन केयर्सले पनि एक विकेट लिएका छन्। दोस्रो दिनको खेल आज पौने ४ बजे सुरू हुनेछ।