नेपाली समाजमा अनुशासनको कमी छः प्रधानमन्त्री ओली

असार ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाली समाजमा अनुशासनको कमी छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासन योगको पहिलो सूत्र भएको बताउनुभएको छ ।

शनिबार ललितपुरमा ११औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाजमा अनुशासनको कमी रहेको बताउनु भयो । 

उहाँले आज विश्वमा अहिंसा र शान्ति चाहिएको यसको पूर्ति योगले मात्रै गर्नसक्ने जिकिर गर्नुभयो । हतियारधारी र अहंकारीहरूले योग र अनुशासन बुझ्न जरूरी रहेको उहाँले बताउनु भयो । मान्छेको अहंकार सबैभन्दा ठूलो खतरा रहेको उहाँकाे भनाइ छ।

प्रधानमन्त्री ओलीले आवश्यकता नभएका कुराहरूको लोभ गर्न नहुने बताउनु भयो । उहाँले आफूलाई स्वस्थ राख्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.