सांसद श्रेष्ठको प्रश्नः जनताको आवाज सदनमा नसुनाए कहाँ सुनाउने ?

असार ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
सांसद श्रेष्ठको प्रश्नः जनताको आवाज सदनमा नसुनाए कहाँ सुनाउने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी-रास्वपाकी सांसद सुमना श्रेष्ठले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउन माग गर्नुभएको छ ।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म जनताको माग राखेर आन्दोलन गर्दा सदनमा जनताको आवाज नसुनिएको बताउनु भयो । 

उहाँले सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग किन नबनाएको भन्दै प्रश्न गर्नुभयो । उहाँले जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? भन्दै उहाँले प्रश्न गर्नुभएकाे छ । सरकार निर्बलको लागि हो की शक्तिशालीहरूको भन्दै उहाँले प्रश्न उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले यो सदनमा यत्तिका दिनसम्म जनताको माग राखेर उभिरहेका छौँ । तर अहिलेसम्म पनि सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग बनाउँछु भनेर कतै पनि जनताको आवाजको सुनुवाई गरेको छैन् । जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन । जनताको आावज यहाँ बोलिन्छ, यहाँ सुनुवाई हुन्छ । सरकार कसको लागि ? निर्बल दुर्बलको लागि की शक्ति भएकाहरूको लागि ? कहिलेसम्म हाम्रा युवाहरू देश छोडेर बाहिरिने ? एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्, एक वर्ष लगाएर किन ? त्यसमा पोलिसी रिफर्म गर्न पर्दैन ?’

सांसद श्रेष्ठले भिजिट भिसाबाटै रसिया, खाडी मुलुकमा नेपालीहरू जाने गरेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.