काठमाडौै । त्रिकोणात्मक टि ट्वान्टी आइ सिरिजमा, नेपालले घरेलु टिम स्कटल्यान्डमाथि दुई विकेटको जित हात पारेको छ । ९८ रनको लक्ष्य नेपालले एक बल बाँकी हुदा पुरा गरेको हो ।
ग्लास्गोमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटलयान्ड १९ ओभर चार बलमा ९७ रनमा अल आउट भयो । नेपालले पावर प्ले भित्रै पाँच विकेट लिएको थियो । दिपेन्द्र सिंह ऐरीले ओपनर मार्क वाटलाइ एक रनमा आउट गर्दै नेपाललाइ पहिलो सफलता दिलाएका थिए । जर्ज मुन्जी ८, लियाम नेलर एक, फिन्ले मेक्क्रेथ २ र ब्रेन्डन मक्मलन १० रनमा पभेलियन फर्किए । कप्तान म्याथयु क्रसले १५ रन जोडे । स्कटल्यान्डका लागि माइकल लिस्कले सर्वाधिक ४६ रन बनाएका थिए ।
स्पिनर संदिप लामिछानेले चार ओभरमा एक मेडन सहित एघार रन खर्चिएर ४ विकेट लिएपछि स्कटलयान्डको इनिङस कमजोर बनेको थियो । करण र दिपेन्द्र सिंह ऐरीले दुइ दुइ तथा ललित राजबंशीले एक विकेट लिए । जवाफमा नेपालले पनि ९८ रनको लक्ष्य पुरा गर्न निकै मेहनत गर्नु पर्यो । पिच ब्याटिङका लागि निकै कठिन देखिएको गियो । सानो लक्ष्य पछ्याएको नेपालको पनि सुरुवात राम्रो हुन सकेन् ।लोकेश बम ९, अनिल साह ३ र कप्तान रोहित पौडेल ७ रनमा मैदान बाहिरिएका थिए । कुशल भुर्तेलले ३० रनको योगदान गरे ।
दिपेन्द्रले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन बनाए । १९ ओभर ५ बलमा आठ विकेटको क्षतीमा नेपालले लक्ष्य पुरा गरेको हो । संदिपले विजयी रन प्रहार गरेका थिए । साफ्यान सरिफ र लिस्कले दुइ दुइ विकेट लिए । पहिलो खेलमा नेदरल्यान्डस संग तीन सुपर ओभरमा पराजित नेपालको जारी सिरिजमा यो पहिलो जीत हो । तीनै टिमको समान दुइ दुइ अंक छ । नेट रन रेटका आधारमा स्कटलयान्ड पहिलो , नेपाल दोस्रो र नेदरल्यान्डस तेस्रो स्थानमा छ । नेपालले अब भोली नेदरल्यान्डस संग प्रतिस्पर्धा गर्नेछ ।