ध्यान सिकाउने एपप्रति प्रयोगकर्ताको सकारात्मक प्रतिक्रिया

असार ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
ध्यान सिकाउने एपप्रति प्रयोगकर्ताको सकारात्मक प्रतिक्रिया

काठमाडौं । ध्यान विधिहरूलाई प्राथमिकता दिँदै सार्वजनिक गरिएको ‘मेडिटेट नेपाल’ नामक एपले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।

ग्रोथ हब नेपाल प्रालिद्वारा नेपाली भाषामा तयार पारिएको एपमार्फत् प्रयोगकर्ताहरुले आफ्नो आवश्यकताअनुसार तनाव व्यवस्थापन, गहिरो निद्रा, अत्याधिक सोच्ने बानीबाट मुक्ति, आत्मविश्वास वृद्धिजस्ता विषयमा जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ ।

एपमा ४० भन्दा बढी ध्यान विधि राखिएकोमा केही बिशेष ध्यान विधि निःशुल्क रूपमा उपलब्ध छ भने बाँकीका लागि न्यूनतम शुल्कमा प्रिमियम सदस्यताको व्यवस्था गरिएको छ । भविष्यमा नयाँ ध्यान विधि र सामग्रीहरू थप्दै जाने योजना रहेको ग्रोथ हबले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.