सिन्धुपाल्चाेक । तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुने भएकाले भोटेकोशी र सुनकोशी नदीमा आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।
असार ३ गते देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भइ बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चाेकले आग्रह गरेकाे हाे ।
चीनको प्रहरी कार्यालयबाट प्राप्त सूचनाको आधारमा भोटेकोशी नदी भई बग्ने तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने आकलन गरिएको छ ।
साथै भोटेकोशी, त्रिपुरासुन्दरी, सुनकोशी, बलेफी, बाह्रबिसे नगरपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी र सुनकोशी नदी आसपास क्षेत्रको तटीय क्षेत्रमा पनि जोखिम हुन सक्ने जनाएको छ ।