काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीभित्र देखिएका सबै समस्या समाधानयोग्य रहेको बताउनुभएको छ ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधान एवं अर्थमन्त्रीसमेत रहनुभएका उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । पार्टीको एकता जोगाउँदै राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अझ प्रभावकारी बनाउन सक्ने सामर्थ्य पार्टी नेतृत्वसँग रहेको उहाँको दाबी छ।
उहाँले पार्टी नेतृत्वको काबुभन्दा बाहिर कुनै पनि समस्या नरहेको उल्लेख गर्दै पार्टीभित्रका समस्या समाधान गर्नसक्ने क्षमता आफूहरूसँग रहेको दोहोर्याउनु भयो । उहाँले कार्यकर्ता तहमा सक्रियता र उत्साहमा कमी आएकोप्रति चिन्ता व्यक्त गर्दै थप छलफलको आवश्यक रहेको पनि बताउनु भयो ।
उहाँले पार्टी नेतृत्वको सवालमा ठूला विवाद उत्पन्न नहुने विश्वास व्यक्त गर्दै पार्टीका आन्तरिक समस्याको समुचित मूल्यांकन गरेर निष्कर्षमा पुग्नुपर्ने बताउनु भयो ।