जलवायु परिवर्तन न्यूनीकरणमा तीन तहकै सरकारकाे पहल आवश्यक : मन्त्री ठकुरी

असार ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जलवायु परिवर्तन न्यूनीकरणमा तीन तहकै सरकारकाे पहल आवश्यक : मन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका असर न्युनीकरण गर्न तीन तहकै सरकारहरू मिलेर काम गर्न जरूरी रहेको बताउनुभएको छ ।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका असरहरू कम गर्न व्यक्ति स्वयं पनि लाग्नुपर्ने जरूरी रहेको बताउनु भयो । 

अन्तर्राष्ट्रिय स्तरमा नेपालका पहलहरूलाई तिब्र रूपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्वपूर्ण भुमिका निर्वाह गरेको जिकिर गर्नुभयो । मन्त्री ठकुरीले संसद्मा क्लाइमेट एलाइन्स बनाउने गरी अघि बढिरहेको बताउनु भयो ।

मन्त्री ठकुरीले भन्नुभयो, ‘हामी तीन तहकै सरकारहरू मिलेर हाम्रो साँझा चुनौतिका रूपमा रहेको जलवायु परिवर्तनका असरहरू कम गर्न हामी स्वयं आफैँले पहल गर्नुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा पनि हाम्रा पहलहरूलाई तिब्र रूपमा अघि बढाउँदै जानका लागि सगरमाथा संवादले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । हामी सबै देशमा क्रियाशिल राजनीतिक दल, नेपाल सरकार, गैर सरकारी संस्थाहरू, अन्तर्राष्ट्रिय साझेदारहरूको सबैको सहयोग र समन्वयमा २५ बुँदे कार्ययोजना क्रमशः लागू गर्दै हामीले यो अभियान पूरा गर्न अघि बढ्नुपर्छ ।’

मन्त्री ठकुरीले जलवायु अनुकुलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प नरहेको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.