साफ महिला यू-२० च्याम्पियनसिप : नेपाली टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

असार १, २०८२ |खेल ब्युरो
साफ महिला यू-२० च्याम्पियनसिप : नेपाली टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

काठमाडौं । साफ महिला अन्डर ट्वेन्टी च्याम्पियनसिपको लागि नेपाली महिला फु्टबल टोलीका प्रशिक्षक यमप्रसाद गुरूङले बन्द प्रशिक्षणमा सहभागी खेलाडी संख्या घटाएर ३० मा सीमित गरेका छन्। 

प्रशिक्षक गुरूङले सुरूवातमा ४० खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका थिए। नेपाली उमेर समूहको टिमले दुई हप्ताको अभ्यास सम्पन्न गरेको छ। 

नेपालले आगामी जुलाई ११ देखि २२ तारिखसम्म बंगलादेशमा आयोजना हुने साफ यु-२० महिला च्याम्पियनसिपमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरूआत गर्नेछ। नेपाली टिममा अघिल्लो वर्ष साफ अन्डर नाइन्टिन च्याम्पियनसिप खेलेका अधिकांश खेलाडी छ। 

उमेर समूहका अनुभवी खेलाडी सुक्रिया मियाँ, सेनु परियार, समिक्षा मगर, कुसुम खतिवडा, वर्षा ओली, गंगा रोका, झुमा विश्वकर्मा, सेमिहाङ्मा लिम्बु, बीरसना चौधरी रहेका छन्। बाँकी खेलाडीहरूमा, अनिशा राई, अस्मिता गुरूङ, भावना परियार, जुना तामाङ, कविता गुरूङ, करुण बुढाथोकी, लीला चन्द, लीला जोशी, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, पुनम चेम्जोङ, सजिना स्याङतान, सानिमा माया लो, सरिता कुमारी नाथ, सिम्रन राई, सिता रोका, सुजाता तामाङ, सुशिला केसी र रुपा लिम्बु रहेका छन्। 

३० खेलाडीले अब मुख्य टोलीमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश र श्रीलंका रहेका छन्। डबल राउन्ड रोबिन शैलीमा हुने प्रतियोगिताबाट सर्वाधिक अंक पाउने टिम विजेता हुनेछ।