काठमाडौं । फिफा क्लब विश्वकपको समूह ‘ई’ मा अर्जेन्टिनाको रिभर प्लेट, मेक्सिकोको मोन्टेरेस र जापानको उराव रेड डायमन्डले इटालीको इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछन् । युरोपेली फुटबलमा शतक लामो इतिहास भएको इटालियन जायन्ट इन्टर अहिले पुनरागमनको संघारमा छ । तर विश्वकपको सुरुआती समूहका खेलमा उसलाई, के त्यो सम्भव छ ?
इन्टर २०२४-२५ सिजनमा उत्कृष्ट सुरुआतसहित ट्रेबल जित्ने सपना बोकेर अघि बढेको थियो । तर अन्त्यतिर आएर युरोपेली च्याम्पियन्स लिग उपाधिबाट मात्रै चुकेन उससाग न सिरी आको उपाधि रह्यो न कोपा इटालिया नै हात पर्यो- त्यो पनि विवादास्पद परिस्थितिमा । च्याम्पियन्स लिग फाइनलमा पेरिस सेन्ट जर्मेनसाग ५-० को लज्जास्पद हार, अन्तिम खेलसम्म फाइट गरे पनि लिगको उपाधि जित्न नसक्नुले इन्टरका खेलाडीको आत्मविश्वास गिरेको हुनुपर्छ ।
हारपछि प्रशिक्षक सिमोन इन्जागीको स्थानमा युवा टोलीका प्रशिक्षक क्रिस्टियन चिभुलाई टिम हस्तान्तरण गरेपछि इन्टरमा नयाँ आशा पलाएको छ ।
यस्तै, उत्तर अमेरिकाको महादेशीय च्याम्पियन्स लिगको पाँच पटकको विजेता मोन्टेरे, अनुभवी स्पेनी प्रशिक्षक डोमेनक टोरेन्टको नेतृत्वमा मैदान उत्रनेछ । फिफा क्लब विश्वकपमा पाँच पटकका नायक सर्जियो रामोस डिफेन्स लाइनबाट यो टोलीलाई मैदानमा अगाडि बढाउनेछन् ।
त्यसमाथि सर्जियो क्यानालेस र ओलिभर टोरेसको खेल रचनात्मकता साथै लुकास ओक्याम्पोसको आक्रमणशक्तिले मोन्टेरेले युरोप र दक्षिण अमेरिकाका क्लबलाई हाबी हुन दिने छैन । रामोसको लागि यो सम्भवतः लास्ट डान्स हो । जसमा उनले अझ एक उपाधि थप्न सक्छन् ।
दक्षिण अमेरिकाको सबैभन्दा ऐतिहासिक क्लबमध्ये एक हो- रिभर प्लेट । प्रशिक्षक मार्सेलो गालार्डोको नाम नै दक्षिण अमेरिकी फुटबलमा एउटा ब्रान्ड हो । यिनले क्लबलाई दुई पटक कोपा लिबरर्तादोरेसको उपाधि जिताएका छन् । मार्सेलोले रिभर प्लेटलाई क्लब विश्वकपको फाइनलमा पुर्याइसकेका छन् । अब उपाधि जित्नु उसको नवीन सपना हो । नयाँ युगका फुटबलरमध्ये उत्कृष्ट, १७ वर्षीय सुपरस्टार फ्रान्को मास्तान्तुओनु यो टोलीमा रहेका भविष्यका स्टार खेलाडी हुन् । लियोनल मेस्सीको उत्तराधिकारी मानिएका उनलाई यो क्लब विश्वकप एउटा मार्गदर्शन हुनसक्छ ।
टिमगेममा विश्वास गर्ने टोली हो जापानको उरावा रेड डायमन्ड्स । एसियाबाट छनोट भएको यो क्लबका खेलाडीमा उच्च अनुशासन देखिन्छ । प्रशिक्षक माचिज स्कोर्जाको टोलीमा रक्षा पंक्तिका मेरुदण्ड मारिउस होइब्राटनजस् खेलाडी छन् । माचिजका लागि यो प्रतियोगिता आफूलाई प्रमाणित गर्ने मञ्च समेत हो । उरावको रक्षा बलियो छ, तर अनुभवको अभावले उनीहरूलाई कमजोर बनाउन सक्छ ।
यो समूहमा इन्टर मिलान स्पष्ट फेभरेट हो । तर नयाँ प्रशिक्षक चिभुको अनुभवहीनता र बाँकी तीनै प्रतिस्पर्धी क्लबको फाइटिङ स्पिरिट हेर्दा यो चुनौती सजिलो छैन ।
- एजेन्सीको सहयोगमा