काठमाडौँ । फिफा क्लब विश्वकपको उद्घाटन खेलमा घरेलु टिम इन्टर मायामीले इजिप्टको अल आलीसँग गोलरहित बराबरी खेलेको छ ।
फ्लोरिडास्थित हार्ड रक स्टेडियममा भएको खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । अल आलीले ब्रेकअघि गोलका दुई सुनौला अवसर गुमाएको थियो ।
३०औँ मिनेटमा वासम अबु अलीले गोल गरेका थिए । तर, उनले खुशीयाली मनाइरहँदा असफाइड भएको भन्दै गोलले मान्यता पाएन । ४३औँ मिनेटमा अल आली पेनाल्टीमा चुक्दा मायामीलाई राहत मिल्यो । ट्रेजे गोएटको पेनाल्टी मायामीका गोलकिपर अस्कर उस्तारीले उत्कृष्ट बचाउ गरे ।
दोस्रो हाफमा पनि अल आली हाबी भयो तर डेडलक तोड्न भने सकेन । मायामीका लियोनल मेसीले गोलका केही राम्रा अवसर सिर्जना गरेका थिए । तर सदुपयोग गर्न भने सकेनन् । समूह ए मा रहेका दुवै टिमले एक-एक अंक बाँडेका छन् । यो खेल हेर्न ६० हजार ९ सय २७ दर्शक स्टेडियम पुगेका थिए ।