काठमाडौं । क्लब फुटबलको विरासत नै युरोपमा छ । अहिलेसम्म भएका २० क्लब विश्वकपका १६ ट्रफी युरोपेली क्लबले जितेका छन् ।
चार पटक भने ब्राजिली क्लब च्याम्पियन बनेका छन् । त्यसमा पनि पछिल्लो दशकमा युरोपेली क्लबकै बर्चस्व छ । युरोपमा यस्ता थोरै क्लब छन्, जो उपाधिको साधै दावेदार रहन्छन् । त्यही दावेदारमध्येको एक हो- बायर्न म्युनिख । उसले अहिलेसम्म दुई पटक क्लब विश्वकपको उपाधि जितिसकेको छ । आज हामी बायर्न सम्मिलित समूह सीको चर्चा गर्दैछौं ।
जर्ममको बार्यन म्युनिख रहेको समूह 'सी' मा न्यूजिल्यान्डको अकल्यान्ड सिटी, पोर्चुगलको बेन्फिका र अर्जेन्टिनाको बोका जुनियर्सले क्लब विश्वकप खेल्दैछन् । सन् २०१४ को फिफा विश्वकप जितेका फरवार्ड थोमस मुलर र गोलकिपर म्यानुयल नुयर अहिले पनि बार्यनमा छन् ।
त्यसैगरी सन् २०२० मा क्लब विश्वकप जितेका नौ खेलाडी अहिलेको टिममा पनि कायम छन् । त्यसैले यो च्याम्पियन खेलाडीको टिम हो । यी खेलाडीले नै यो क्लबलाई क्लब विश्वकपमा लिड गरिरहेका छन् । त्यसमा अहिले थपिएका छन्- इंल्यान्डका कप्तान हेरी केन्, जोसँग मैदानमा जस्तोसुकै विपक्षी डिफेन्डरलाई छक्याएर गोल गर्ने क्षमता छ ।
२१औं शताब्दीमा युरोपेली उपाधि नजिते पनि विश्वका धेरै खेलाडीको सपनाको क्लब हो- बेन्फिका । घरेलु लिगमा साधै उत्कृष्ट क्लब बेन्फिका अहिले पहिलो क्लब विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ । यो क्लब युरोपको उच्च वरीयताका आधारमा विश्वकपमा छनोट भएको हो ।
भर्खरै मात्रै पोर्चुगलबाट नेसन्स लिग जितेका एन्टोनियो सिल्वा, टोमस एराउजु बेन्फिका प्रमुख हतियार हुन् । टोलीलाई लिड गर्ने छन् निकोलस ओटामेन्डीले । सिनियर खेलाडी एन्जल डिमारिया, रेनाटो साञ्चेजले यो टिमको मिडफिल्डलाई पूर्ण बनाएका छन् ।
फुटबललाई नै धर्म अनि संस्कति मान्ने देश हो अर्जेन्टिना । यस्तो देशबाट ७४ पटक विभिन्न उपाधि जितेको र अर्जेन्टिनाको इमोसनल इनर्जीका साथ बोका जुनियर्स क्लबले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्छ ।
अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबल खेल्दा अपनाउने गरेको फिजिकल इन्टेन्सिटी, रणनीतिक अनुशासन र आक्रमणकारी शैली यो क्लबको पनि खेल शैली हो । मध्य र पछिल्लो क्रममा डिफेन्स गर्ने अनुभव भएको यो क्लबले तिब्र गति र काउन्टर अट्याकमा विश्वास गर्ने गरेको छ ।
त्यसैले उसँग खेल्दा जुनसुकै विपक्षीले पनि ध्यानपूवर्क खेल्नु पर्ने हुन्छ । अमेरिकामा विश्वकप हुने भएकाले उसलाई दर्शकको पनि धेरै साथ हुनसक्छ । यो विश्वकपलाई अहिले फरक ढंगले पनि हेरिएको छ ।
बायर्नका हेरी केन फरक शैलीमा भइरहेको क्लब विश्वकपलाई लिएर धेरै उत्साही छन् । अर्को वर्ष अमेरिकासहित तीन देशमा आयोजना हुने फिफा विश्वकपको तयारीका रूपमा यो प्रतियोगितालाई लिइएको छ ।
विश्वकपमा त्यसै पुगिँदैन । यद्यपि, समूह सीमा केही कमजोर टिम अकल्यान्ड सिटी हो । लामो र गर्विलो इतिहास नभए पनि पछिल्लो दुई दशकमा ओसिनियामा उसले जसरी खेलिरहेको छ यो क्लबले नयाा इतिहास बनाउन सक्छ ।
उसले १२ पटक विश्वकप खेलिसकेको भए पनि सहभागीता मै सीमित छ । त्यसैले उसलाई यो विश्वकप विश्व फुटबलमा ठूलो प्लाटर्फम हो ।