विश्वकप छनोट : ब्राजिलले इक्वेडरसँग गोलरहित बराबरी खेलेपछि प्रशिक्षक एन्सेलोटी दबाबमा

जेष्ठ २३, २०८२ |खेल ब्युरो
विश्वकप छनोट : ब्राजिलले इक्वेडरसँग गोलरहित बराबरी खेलेपछि प्रशिक्षक एन्सेलोटी दबाबमा

काठमाडौं । ब्राजिलको मुख्य प्रशिक्षकको रूपमा कार्लो एन्सेलोटीले विश्वकप छनोटमा निराशाजनक सुरूआत गरेका छन । आज बिहान सम्पन्न खेलमा इक्वेडरसँग गोलरहित बराबरी खेलेपछि इटालियन प्रशिक्षक एन्सेलोटी दबाबमा परेका छन ।

खेलको पहिलो हाफमा ब्राजिलले केही अवसर पाएपनि परिणत गर्न सकेन । भिनिसियस जुनियरको प्रयास इक्वेडरका गोलकिपर गोन्जालो भालेले रोके । दोस्रो हाफमा इक्वेडरका जोन येबोआहले निल्सन अञ्गुलोलाई थ्रु बल दिएपनि उनी अफसाइड हुन पुगे ।

दोस्रो भिनिसियसको पासमा रिचार्लिसन गोल गर्न चुके भने कासेमिरोको शक्तिशाली प्रहार पनि भालेले रोकिदिए पछि ब्राजिल गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भयो । खेलपछि एन्सेलोटीको रणनीति स्पष्ट नभएको र आक्रमणको अभाव ब्राजिलका समर्थकहरूले महसुस गरे ।

यससागै १५औं चरणको समाप्तीमा ब्राजिल २२ अंकसहित चौंथो स्थानमा छ । उसले अर्को खेलमा तेस्रो स्थानको पाराग्वेसाग प्रतिस्पर्धा गर्नेछ । पाराग्वेले उरुग्वेमाथि २-० को जित निकालेको थियो । इक्वेडर २४ अंकसहित दोस्रो स्थानमा रहँदै विश्वकप नजिक पुगेको छ । बुधबार बिहान नवौँ स्थानको पेरूसँग प्रतिस्पर्धा गर्नेछ ।