बाध्यकारी र बालश्रम अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै नेपाल

जेष्ठ २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाध्यकारी र बालश्रम अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै नेपाल

काठमाडौं । स्वीट्जरल्यान्डमा चलिरहेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालले पुन: एक पटक बाध्यकारी र बालश्रम अन्त्य गर्ने प्रतिबद्धता जनाउँदैछ ।

जेनेभा जानुअघि कान्तिपुर समाचारसँग कुरा गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सम्मेलनमा श्रमिकको सामाजिक न्याय र मर्यादित रोजगारीको विषयमा छलफल हुने जानकारी दिनुभयो ।

जेनेभा भ्रमणका अवसरमा साउदी अरेबिया, मलेसिया लगायतका श्रममन्त्रीहरूसँग छलफल हुँदै छ । साउदी अरेबियास‌ँग अघि बढेको श्रम सम्झौतालाई पूर्णता दिने विषयमा छलफल हुने तालिका छ । त्यस्तै मलेसियाका श्रमममन्त्रीस‌ँग श्रमिक भर्ना प्रक्रियामा हुन खोजेको सिन्डिकेट हटाउने विषयमा छलफल हुने मन्त्री भण्डारीको भनाइ छ ।

श्रममन्त्री भण्डारी नेतृत्वको नेपाली टोली जेठ ३० गते स्वदेश फिर्ता हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.