
काठमाडौं । फ्रेन्च ओपन २०२५ पुरुष डबल्सको उपाधि स्पेनका मार्सेल ग्रानोलर्स र अर्जेन्टिनाका होरासियो जेबालोसको जोडीले जितेका छन् ।
पाँचौं वरीयता प्राप्त यो जोडीले फाइनलमा बेलायती जोडी जो साल्सबरी र नील स्कप्स्कीलाई सोझो सेटा पराजित गर्यो । मार्सेल र होरासियोको जोडीले ६-०, ६-७ र ७-५ को जित हात पार्दै ग्रान्ड स्लाममा पहिलो सफलता हासिल गरेका हुन् ।
यो जोडीका लागि यो चौथो ग्रान्ड स्लाम फाइनल थियो । पहिलो सेटमा प्रभावशाली प्रदर्शन गर्दै शून्यमा सेट जितेका होरासियो र ग्रानोलर्सले दोस्रो सेट रोमाञ्चक टाइब्रेकरमा आफ्नो पक्षमा पारेका थिए ।
तेस्रो सेटमा बेलायती जोडीले प्रभावसाली प्रदर्शन गरेपनि जित हात पार्न सकेन् । १९३६ पछि रोला ग्यारोसको पुरुष डबल्समा फाइनल पुग्ने पहिलो बेलायती जोडी बने पनि उनिहरूले उपाधि जित्न सकेनन् ।