युवा नेतृत्व विकासका लागि झापामा सम्मेलन

जेष्ठ २५, २०८२ |रमा दाहाल
युवा नेतृत्व विकासका लागि झापामा सम्मेलन

काठमाडौं । राजनीति मात्र होइन, समाजका हरेक क्षेत्रमा युवा नेतृत्वको खोजी हुन थालेको छ । झापाको भद्रपुर नगरपालिकाले युवा सम्मेलन नै गरेर युवाको नेतृत्व विकासदेखि राष्ट्रिय/अन्तर्राष्ट्रिय सवालमा अग्रसर गराउने पहल गरेको छ ।

भद्रपुर नगरपालिकाको युवा परिषद्ले आयोजना गरेको दोस्रो संस्करणको युवा सम्मेलनमा नगरका २२० जना युवा सहभागी थिए । सम्मेलनमा विभिन्न राजनीतिक दलका नेतादेखि सामाजिक अगुवा, कवि, कलाकार र युवा उद्यमीहरूले सहभागी युवालाई नेतृत्व पंक्तिमा पुग्न उत्प्रेरित गरे ।

युवा सशक्तीकरण, जलवायु कार्य, नेतृत्व विकास र स्थानीय विकासमा हातेमालो नारा दिएर सुरु भएको यो सम्मेलनले भद्रपुरका युवालाई हरेक क्षेत्रको नेतृत्व गर्नसक्ने क्षमताको विकास गर्न मद्दत गर्ने आयोजकको दाबी छ ।

युवा पुस्तालाई जगाउने अठोटसहित सुरु भएको युथ समिट भद्रपुर घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।