असिना पानीले सल्यानको मकै बालीमा क्षति

जेष्ठ २५, २०८२ |सरिता चलाउने
असिना पानीले सल्यानको मकै बालीमा क्षति

सल्यान । सल्यानको गाउँपालिका-५ मा असिना पानीले मकै बालीमा क्षति पुर्‍याएको छ । ४ दिनअघि आएको असिना पानीले वडा नम्बर ५ को सिमखोला, लयटा लगायतका गाउँका किसानहरूले सय रोपनीभन्दा बढी जमिनमा लगाएको मकै बालीमा क्षति पुर्‍याएको हो ।

गोडमेल गरेर हुर्कँदै गरेका मकै असिना पानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरू चिन्तित बनेका छन् । मकै बालीमा क्षति गरेपछि किसानहरू फेरि मकै रोप्ने कि बारी बाँझो राख्ने भन्ने चिन्तामा परेका छन् । 

किसानका अनुसार असिनाले मकैसँगै भटमास, सिमी, बोडीका बोटमा पनि कामै नलाग्ने गरी क्षति गरेको छ । गत वर्ष जंगली जनावरले पीडित भएका किसान यस बर्ष असिनाले क्षति गरेपछि अब के खाने भन्ने चिन्तामा छन् । 

गाउँपालिकाले किसनाहरूले लगाएको मकैबालीमा असिना पानीले कति क्षति पुर्‍याएको छ भन्ने यकिन तथ्याङ्क आइनसकेको बताएको छ ।


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।