सुर्खेत । ‘मदन भण्डारी खुल्ला राष्ट्रिय रोड रेस प्रतियोगिता’ अन्तर्गत १० किलोमिटर दौडमा पुरुषतर्फ त्रिभूवन आर्मीका रामजी बस्नेत र महिलातर्फ त्रिभूवन आर्मीकै पूर्णलक्ष्मी न्यौपाने प्रथम भएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको प्रतियोगितामा बस्नेतले ३१ मिनेट ३२ सेकेन्ड र न्यौपानेले ३७ मिनेट ४२ सेकेन्डमा १० किलोमिटरको निर्धारित दुरी पार गर्दै प्रथमस्थान हुन सफल भएका हुन् ।
त्यस्तै पुरुषतर्फ आर्मीकै नरेन्द्रसिंह रावत दोस्रो र मिङमार सिंङ्गी तामाङ तेस्रो हुँदा महिलातर्फ एपीएफकी दिपा पँगेनीले दोस्रो र आर्मीकै सिर्जना पाण्डेले तेस्रो प्राप्त गरे । त्यस्तै ५ किलोमिटरको विद्यालयस्तरिय रोडरेश प्रतियोगितामा पुरुषतर्फ रमेश बुढा र महिलातर्फ कल्पना बुढा प्रथम भएका छन् । रमेशले १८ मिनेर २० सकेन्ड र कल्पनाले २२ मिनेट १९ सेकेन्डमा निर्धारित दुरी पार गरेकी हुन् ।
त्यस्तै पुरुषतर्फ पूर्ण सिंह दोस्रो र रमेश शाही तेस्राहुँदा महिलातर्फ सन्धया बुढा दोस्रो र निरुता ढकालले तेस्रो स्थान प्राप्त गरे । १० किलोमिटरतर्फ प्रथमले समान ५०÷५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार पुरस्कार, मेडल र प्रमाणपत्र हात पारेका छन् । त्यस्तै ५ किलोमिटरको दौडमा प्रथम हुनेलाई २० हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र हात पारेका छन् ।