नापाेलीले चौथों पटक उचाल्यो इटालियन 'सिरी आ'को उपाधि

जेष्ठ १०, २०८२ |खेल ब्युरो
नापाेलीले चौथों पटक उचाल्यो इटालियन 'सिरी आ'को उपाधि

काठमाडौं । लिगको अन्तिम खेलमा काग्लियारीलाई २-० ले हराएर नापाेलीले चौथो पटक इटालियन सिरी आको उपाधि जितेको छ। गएराति स्कटल्याण्डका मिडफिल्डर स्कट म्याकटोमिनीले आश्चर्यजनक सिजर-किक भलीमार्फत् गोल गर्दै नापोलीलाई उपाधि दिलाउन सफल भएका हुन। 

यससँगै नापोलीले चौथो पटक इटालियन शीर्ष डिभिजनको फुटबल सिरी आको उपाधि हात पारेको छ। गएरातिकै खेलमा दोस्रो स्थानमा रहेको इंटर मिलानले कोमोविरुद्ध २-० को अग्रता बनाएको अवस्थामा नापोलीलाई लिग उपाधिका लागि अनिवार्य जित आवश्यक थियो। 

घरेलु मैदान स्टाडियो डिएगो आर्मान्डो म्याराडोनामा समर्थकहरूले अद्भुत वातावरण सिर्जना गरेका थिए। त्यसको बलमा नापोलीका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। खेलको सुरूआती चरणमै दबदबा जमाएको नापोलीका लागि म्याकटोमिनेले माथेयो पोलिटानोको राइट-विङ क्रसमा भलीमार्फत् गोल गर्दै खेलमा अग्रता दिलाए। 

म्यानचेस्टर युनाइटेडबाट गत अगस्टमा २५ दशमलव ७ मिलियन पाउन्ड मा नापोली पुगेका म्याकटोमिनेले गएरातिको गोलसँगै आफ्नो मूल्य प्रमाणित गरेका हुन्। ३ सिजनभित्र दोस्रो पटक इटालीयन च्याम्पियन बन नापोलीका लागि दोस्रो गोल भने बेल्जियन खेलाडी रोमेलु लुकाकुले गरे। 

उनले मिशेल अडोपोलाई पछाडि पार्दै एलन शेरीविरुद्ध सहज गोल गरे। लुकाकुको गोलसँगै मैदानमा खुसीको माहोल छायो। नापोलीका सब्स्टिच्युट खेलाडी र प्रशिक्षकहरू मैदानमा दौडेर आए भने लुकाकुले आफ्नो जर्सी खोल्दा पहेँलो कार्ड पाएका थिए। 

सन् १९८६-८७, १९८९-९० र २०२२-२३ पछि नापोलीले चौथो पटक सिरी ए उपाधि जितेको हो। खेलपछिको ट्रफी समारोहले विजयलाई थप ऐतिहासिक बनाएको थियो।